Logo

एकैदिन तोलामा १७ सयले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार एकैदिन तोलामा १७ सयले बढ्दै सुनको मूल्य तोलामा १ लाख ५८ हजार नाँघेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन एक हजार ७०० रुपैयाँले बढेर एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हासम्मकै उच्च मूल्य हो ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि भदौ ३१ गतेको नयाँ रेकर्डलाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो । सो दिन एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्