Logo

श्रीलंकाले वामपन्थी राष्ट्रपति पाउने पक्का, अनुरा दिसानायकेको जित निश्चित



काठमाडौं । लामो समयसम्म आर्थिक संकट र राजनीतिक संकटबाट ग्रसित बनेको श्रीलंकाले पहिलो पटक कट्टर वामपन्थी धारको राष्ट्रपति पाउने निश्चित भएको छ । शनिबार भएको राष्ट्रपति निर्वाचनमा वामपन्थी खेमाका अनुरा दिसानायकेले शानदार अग्रता लिएका हुन् ।

हालसम्म गणना गरिएको मतमा अनुराले ५३ प्रतिशतभन्दा बढी मत ल्याएका छन् । पिपुल्स लिबरेसन फ्रन्टका नेता अनुरा नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनको उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रिएका थिए ।

शनिबार श्रीलंकामा भएको मतदानमा करिब ७५ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए । यो चुनावमा ३८ जना उम्मेदवार मैदानमा उत्रिएका थिए । जसमा वर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेसमेत छन् ।

हालसम्मको परिणामअनुसार अनुराले ५३ प्रतिशतभन्दा बढी मत पाएका छन् भने विक्रमासिंघे र सजित प्रेमदासाले १९/१९ प्रतिशत मतका साथ पछ्याइरहेका छन् ।

तर, सुरुवाती रुझानअनुसार करिब ५० प्रतिशतभन्दा बढि मतका साथ अनुरा श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पूर्वराष्ट्रपति गोटबाय राजपाक्षेका छोरा नमल राजपाक्षेले भने १ प्रतिशत भोट पाएका छन् । मतगणना जारी रहँदा श्रीलंकामा कर्फ्यू लगाइएको छ ।

श्रीलंकामा गोटबाय राजपाक्षे नेतृत्वको सरकारको पतनपछि पहिलोपटक राष्ट्रपतीय चुनाव भएको हो । सन् २०२२ मा गोटाबाय राजापाक्षे अपदस्त भएपछि श्रीलंकाले चरम आर्थिक संकट खेपिरहेको छ। यसपालि त्यहाँ वामपन्थी उम्मेदवारले जित्ने निश्चित भएको बताइएको छ। 

वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे र विपक्षी दल नेता साजित प्रेमदासाले  वामपन्थी उम्मेदवार दिशानायेकेलाई बधाई दिइसकेका छन्।



प्रतिक्रिया दिनुहोस्