Logo

ओलीजीले भारतसँगको सम्बन्ध सुधार गर्न केही अभ्यास गर्नुपर्ने देखियोः पूर्व परराष्ट्रमन्त्री खड्का



काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध सुधार गर्नुपर्ने देखिएको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओली प्रधानमन्त्री बनेको २ महिनासम्म भ्रमणको औपचारिक निमन्त्रणा नआउनुले सम्बन्ध सुधार गर्नुपर्ने संकेत गरेको बताएका हुन् ।

नेपाललाई भारतले र नेपालले भारतलाई इग्नोर गर्न नसकिने उनले बताए । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज संयुक्त राज्य अमेरिकामा भेटवर्ता हुँदैछ । ओली प्रधानमन्त्री बनेपछि परराष्ट्रमन्त्री डा. आरजु राना देउवा भारतको औपचारिक भ्रमणमा गएकी थिईन् ।

‘ओलीजीलाई भारतबाट औपचारिक निम्तो आएको मलाई थाहा छैन । शपथ ग्रहण गर्नेबित्तिकै भारतको निम्तो र बधाइहरु हुन्थ्यो । त्यो पनि एउटा संकेत हो, सम्बन्धलाई सुधार गर्न ओलीजीले केही अभ्यास गर्नुपर्ने हुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्