Logo

श्रीलङ्का लागि प्रस्तावित राजदूत भट्टराईलाई अस्वीकृत गर्न बोलाइएको समितिको बैठक स्थगित



काठमाडौं, ६ असोज । आज बस्ने भनिएको संसदीय सुनुवाई समितिको बैठक स्थगित भएको छ । संसदीय समितिको अर्को बैठक भोलि दिउँसा १ बस्ने बताइएको छ ।

श्रीलङ्का लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे निर्णय गर्न संसदीय समितिको बैठक आह्वान गरिएको थियो । राजदूतमा सिफारिस भएका भट्टराईले संसदीय सुनुवाइ समिति र परराष्ट्र मन्त्रालयमा स्नातक तह उत्र्तीण गरेको शैक्षिक प्रमाणपत्र पेश गरेका थिएनन् ।

गत विहीबार सुनुवाइ समितिले भट्टराईलाई तुरुन्त शैक्षिक प्रमाणपत्र पेश गर्न निर्देशन दिएको थियो । तर, भट्टराईले प्रमाणपत्र पेश नगरेपछि उनलाई अस्वीकृत गर्न बोलाइएको बैठक एक दिनपछि सारिएको हो ।



प्रतिक्रिया दिनुहोस्