Logo

दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं, ६ असोज । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यसायी दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले प्रसाईँलाई साइबर अपराधको कसुरमा आज पक्राउ गरेको थियो । पक्राउ परेकै दिन उनलाई अदालतमा पेश गरिएको हो ।

प्रसाईँ पक्राउ परेसँगै उनका समर्थकहरुले नाराबाजी गरेका थिए । प्रहरीले प्रसाईँका केही समर्थकहरुलाई पनि पक्राउ गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्