Logo

हामीले बनाएको बाटो बालेनले दाबी गरेपछि पोल-पोलमा सवि लेख्नुपर्योः भौतिक पूर्वाधारमन्त्री पौडेल (भिडिओसहित)



काठमाडौं, ७ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सडक विभागअन्तर्गत भएका कामहरु पनि दाबी गर्न थालेपछि विजुलीको पोल–पोलमा सडक विभाग लेख्नुपरेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सडक विभागअन्तर्गतका काठमाडौंका सबै सडक चिल्लो र राम्रो रहेको बताए । उनले महानगरअन्तर्गतका सडकहरुमा मात्रै खाल्टाखुल्टी बाँकी रहेको दाबी गरे ।

काठमाडौं महानगरले पुँजीगत खर्च गर्नै नसकेको उनकालेभ भनाइ छ । बालेनसँग काम गर्ने क्षमता नरहेको उनले बताए । मन्त्री दाहालले बालेनले कुरा गर्ने, स्टन्ट गर्नेमात्रै काम भइरहेको बताए ।

‘हामीले बाटो बनाउने अनि बालेनले मैले बनाएँ भनेको हुँदाखेरी हामीले काठमाडौंका बाटोमा विजुलीको पोलमा सडक विभाग भनेर लेख्न थालेका छौं । केही बाटाहरु हाम्रा बाटाहरु छन्, केही बाटाहरु महानगरका छन् । जहाँ सडक विभाग लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँँ अहिले बाटो चिल्लो पाउनुहुन्छ । जहाँ सडक विभाग लेखिएको छैन, त्यो ठाउँमा खाल्टाखुल्टी छन् । केही युट्युवर लिएर हिँड्दैमा लोकप्रिय होइँदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्