Logo

रवि लामिछाने फेरि गृहमन्त्री बन्न सक्छन्, तत्काल पक्राउ गरिनुपर्छः वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडिओसहित)



काठमाडौं, ७ भदौ । संविधानविद् एवं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सहकारी ठगी प्रकरण मिलाउन रवि लामिछाने पुनः गृहमन्त्री बन्न सक्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सत्ताको बार्गेनिङ गरेर लामिछाने फेरि गृहमन्त्री बन्नसक्ने बताएका हुन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले राजनीतिले जहिले पनि यूटर्न लिनसक्ने दाबी गरे । रवि लामिछाने, जिबी राई, छविलाल जोशी, कुमार रम्तेललगायतको संलग्नतामा सहकारी ठगी भएको उनको दाबी छ ।

‘सहकारीको पैसा अपचलन भएको छ । अपचलन गर्ने जिबी राई, रवि लामिछाने, छविलाल जोशी, एक जना रम्तेल त जेलमै छन् । अरु धेरै मान्छेहरु छन् । अहिले रवि लामिछाने पूर्व गृहमन्त्री पनि हुन् । अहिले पनि सांसद छन् । सार्वजनिक पद धारण गरेका व्यक्तिको सबैभन्दा बढी चासो हुन्छ । सत्ताको बार्गेनिङ गरेर फेरि गृहमन्त्री बन्न सक्लान् । त्यो पनि भन्न सकिँदैन राजनीतिकले कहिले यूटर्न लिन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्