Logo

धनराज र ऋषिकेश तत्काल नसमातिए रविमाथिको हो-हल्ला मिथ्या षड्यन्त्र होः वाईसीएल इन्चार्ज दीपशीखा



काठमाडौं, ७ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले सहकारी ठगी प्रकरणमा रवि लामिछानेभन्दा पहिला नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेललाई पक्राउ गरिनुपर्ने बताएका छन् ।

सहकारी ठगी प्रकरणको छानविनका लागि रवि लामिछानेलाई पक्राउ गर्नेबारे चर्चा चलिरहेको बेला दीपशीखा त्यो भन्दा पहिला एमाले नेता पोखरेल र कांग्रेस उपसभापति गुरुङमाथि प्रश्न उठाएका हुनु् ।

एमाले नेता पोखरेल मोरङस्थिति उमा गौरी कृषि सहकारी ठगीमा मुछिएका छन् भने धनराज ललितपुरको मितेरी सहकारी ठगीमा तानिएका छन् । धनराजमाथि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले छानविन गरिरहेको बताइएको छ । ऋषिकेशको बारेमा भने अनुसन्धान अगाडि बढेको छैन । रोचक के छ भने धनराज र ऋषिकेश दुवै जना श्रीमतीको कारण विवादमा तानिएका हुन् । धनराजले त केश सेटल गर्न श्रीमतीसँग डिभोर्ससमेत गरिसकेका छन् ।

माओवादी सरकारमा रहेको बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले उठबस गराएको प्रसंग उल्लेख गर्दैै दीपशीखाले अहिले रास्वपा जनलाई कस्तो लागेको छ ? भनी प्रश्नसमेत गरेका छन् ।

‘हिजो माओवादी सरकारमा हुँदा ओलीले उठ–बस गराउँदा पनि गर्ने रास्वपा जनलाई आज म प्रश्न गर्छु– हजुरहरूलाई कस्तो लागिरहेको छ ?’ प्रश्न गर्दै उनले भनेका छन्, ‘धनराज गुरूङ र रिसीकेश पोखरेल तत्काल नसमातिए रविमाथिको होहल्ला मिथ्या षड्यन्त्र हो ।’



प्रतिक्रिया दिनुहोस्