Logo

प्रस्तावित राजदूत भट्टराईलाई अस्वीकृत गर्न समितिमा पुगेन दुई तिहाई बहुमत



काठमाडौं, ७ असोज । श्रीलङ्का लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईलाई अस्वीकृत गर्न बोलाइएको बैठक स्थगित भएको छ । संसदीय सुनुवाई समितिमा दुई तिहाई बहुमत नपुग्दा आजको बैठकले प्रस्तावित राजदूत भट्टराईलाई अस्वीकृत गर्न नसकेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

नेता घिमिरेका अनुसार संसदीय समितिका १५ जना सदस्यमध्ये आजको बैठकमा ८ जनामात्रै उपस्थित भएका थिए । १० जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने भएकाले भोलि बैठक बसेर निर्णय गरिने उनले बताए । भोलि विहान ९ बजे बैठक बोलाइएको छ ।

श्रीलङ्का लागि प्रस्तावित राजदूत भट्टराईले स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र पेश गर्न नसक्दा उनी अस्वीकृत हुन लागेका हुन् । राजदूत नियुक्ति सम्बन्धी निर्देशिकाले न्यूनतम् योग्यता स्नातक तह निर्धारण गरेको छ ।



प्रतिक्रिया दिनुहोस्