Logo

धनुषा प्रहरीको हिरासतबाट भागेका ९ मध्ये सात जना प्रहरी नियन्त्रणमा



काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका ९ थुनुवामध्ये ७ जना पक्राउ परेका छन्।सोमबार बिहान हिरासतको भेन्टिलेशन फोडेर भागेका ९ थुनुवामध्ये ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

फरारमध्ये सत्यम झालाई प्रहरीले बिहानै पक्राउ परेको थियो। उनलाई जनकपुरबाट पक्राउ गरिएको थियो।

मनिष मण्डल र विशाल मुखिया फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ । अमितकुमार झा, रञ्जित मण्डल, रोशनकुमार मण्डल, भाष्करकुमार यादव सोमबार दिउँसो पक्राउ परेका हुन्। उनीहरू लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका थिए।

सुमित मेस्तर र बिक्की कार्कीलाई पनि दिउँसो पक्राउ गरिएको हो। उनीहरू अभद्र व्यवहार मुद्दा पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरूलाई धनुषाको औरही गाउँपालिकास्थित नेपाल(भारत सिमा आसपासबाट पक्राउ गरिएको हो ।

आज बिहान करिब ४ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेका थिए। हिरासतमा १० जना रहेकामा एक जना भने भागेका थिएनन्।



प्रतिक्रिया दिनुहोस्