Logo

रवि लामिछाने गृहमन्त्री भएपछि कास्की प्रहरी र सीआईबीको अनुसन्धान प्रभावित भयोः पूर्व डीआईजी अधिकारी



काठमाडौं, ८ असोज । नेपाल प्रहरीका पूर्व डीआईजी केशब अधिकारीले रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी मुद्दा अल्झिएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछाने गृहमन्त्री बनेसँग कास्की प्रहरी र सीआईबीले सुरु गरेको छानविन अलपत्र बनेको दाबी गरेका हुन् । अनुसन्धान अगाडी बढाएकै आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) कि तत्कालीन प्रमुख किरण बज्राचार्यको सरुवा भएको पनि उनले दाबी गरे ।

‘रवि लामिछाने संलग्न सीआईबीले अनुसन्धान गरिरहेको मुद्दाको न्याय निरुपण २०८० असोजमै हुनुपर्ने हो । तर, उहाँको विरुद्धमा पुरक जाहेरी परिसकेपछि दोस्रो अनुन्धान हुँदाहुँदै फागुनमा उहाँ गृहमन्त्री हुनुभयो ।’ पूर्व डीआईजी अधिकारीले भने, ‘कास्की प्रहरीले र सीआईबीले दोस्रो चरणको अनुसन्धान सुरु गर्दाखेरी उहाँ केही दिनपछि गृहमन्त्री हुनुभयो । सीआईबीको डाइरेक्टरलाई हटाइदिनुभयो । हाई प्रोफाइलका व्यक्ति संलग्न मुद्दाको अनुसन्धान सुरु गर्नेबित्तिकै निर्देशन नआई प्रहरी एक इन्च पनि मुभ हुन सक्दैन । यो दुर्भाग्य होईन ?’

सहकारी ठगी प्रकरणका आरोपितहरुलाई अभियोजन तहसम्म नपुर्याएसम्म अनुसन्धान नटुङ्गिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्