Logo

केन्द्रसहित सातै प्रदेशका पर्यटनमन्त्री बुधबार पोखरामा भेला हुने



काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमार बुधबार पोखरामा सातैप्रदेशका पर्यटन मन्न्त्रीहरु भेला हुने भएका छन् । संघीय सरकारका संस्कृति पर्यटनतथा नागरिक उड्डयणमन्त्री वद्रि पाण्डेको आतिथ्यतामा भोलि सबै प्रदेशका मन्त्रीहरु भेला हुन लागेका हुन् ।

बुधबार बिहान नेपाल सरकारका पर्यटन मन्त्री पाण्डेको अध्यक्षतामा सात वटै प्रदेशका पर्यटन मन्त्रीहरू सम्मिलित विषयगत समितिको बैठक बस्ने भएको छ ।

बुधबार दिउँसो गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा सङ्घीय मन्त्री, मुख्यमन्त्री र सबै प्रदेशका पर्यटन मन्त्री एवं पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा ‘पोखरा पर्यटन राजधानी नीति संवाद’ कार्यक्रम हुने छ ।

सङ्घीय पर्यटनमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्ने उक्त कार्यक्रममा निजी क्षेत्र पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारका तर्फबाट कार्यपत्रसमेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्