Logo

एभरट्रस्ट सहकारीका अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं, ८ असोज । बचतकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा एभरट्रस्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दीपक थापा मगरसहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । आज (मंगलबार) प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ६ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादी छ जनाबाट १६ करोड ५६ लाख ८७ हजार २ सय ४५ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

सो सहकारी उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छाभाइ डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाँल, सदस्य रामलाल महर्जन र अर्का सदस्य अमरभाइ बज्राचार्य यसअघि नै पक्राउ परिसकेका छन् । सहकारीका अध्यक्ष थापा मगरभने फरार छन् ।

काठमाडौं चुच्चेपाटीमा रहेको उक्त सहकारीले आकर्षक ब्याज दिने भन्दै बचत गर्न लगाए फिर्ता नगरेको थियो । सहकारीका ८८ जना बचतकर्ताले आफूहरु ठगिएको भन्दै उजुरी गरेपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्