Logo

गगनलक्षित गर्दै रविले भने, सहकारी ठगीमा मेरो संलग्नता देखिएको भए म राजनीति छोड्थेँ (भिडिओसहित)



काठमाडौं, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा सहकारीबाट आएको पैसाको परिचालनमा आफूले जिम्मेवारी लिने बताएका छन् । आज (मंगलबार) सामाजिक सञ्जालमार्फत लाइभ आएका लामिछानेले संसदीय समितिको प्रतिवेदनले आफूलाई सहकारी ठगीमा संलग्नता नदेखिएको बताएका हुन् ।

‘समितिले भन्यो सहकारी ठगीमा मेरो संलग्नता रहेन । म संस्थामा रहेको बेला पैसा आएको कुराको जिम्मेवारी लिनुपर्छ । म त्यो जिम्मेवारीबाट भागेको छैन,’– उनले भने ।

आफूमाथि सरकारले कुन मुद्दा लगाउन सकिन्छ भनेर चलखेल भइरहेको उनले बताए । सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभए राजनीति नै छाड्छु भन्नेहरुमाथि पनि उनले प्रश्न उठाए । उनले अरुले राजनीति नछाडे पनि आफू सहकारी ठग पुष्टि भएको भए राजनीति छोडिदिन तयार भएर बसेको पनि उनले बताए ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभएको खण्डमा राजनीति छाड्न तयार रहेको उनले बताएका थिए ।

गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको बयानबाट रवि लामिछानेलाई पक्राउ गर्न सकिन्छ कि भन्ने प्रयास भइरहेको पनि उनले बताए । आफू गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय आएको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्