Logo

सूर्य थापाले टीओआर बाहिर गएर प्रतिवेदन ल्याए, त्यसको कुनै औचित्य छैनः यज्ञमणि न्यौपाने



काठमाडौं, ९ साउन । अधिवक्ता यज्ञमणि न्यौपानेले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले टीओआर बाहिर गएर प्रतिवेदन ल्याएको आरोप लगाएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले टीओआरले सहकारीमा दोषी देखियो भने कारबाहीको सिफारिस गर्नु भनेर अधिकार प्रत्योजन गरेकामा त्यसको अख्यिार दुरुपयोग गरेर प्रतिवेदन ल्याइएको बताएका हुन् ।

‘त्यो प्रतिवेदन नै गलत छ । टीओआरले सहकारीमा दोषी देखियो भने कारबाहीको सिफारिस गर्नु भनेको थियो । सहकारीमा दोषी देखिएन भने किन सिफारिस गरेको ? त्यो प्रतिवेदनको कुनै औचित्य छैन,’– उनले भने ।

सूर्य थापा नेतृत्वको संसदीय विशेष समितिले राजनीति गरेर प्रतिवेदनको कुनै ठाउँमा निर्दोष सावित गरेको र कुनै ठाउँमा कारबाहीको लागि सिफारिस भनिएको उनले बताए । यीद दवै कार्य संविधानको शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको उनले बताए । अधिवक्ता न्यौपानले प्रतिवेदनलाई राजनीतिक दस्तावेज बनाउन खोजेर सूर्य थापाले अख्तियारको दुरुपयोग गरेको दाबी गरे । संसदीय समितिले कसैलाई दोषी करार र निर्दोष सावित गर्न नसक्ने उनको भनाइ छ ।

रवि लामिछाने गोर्खा मिडियामा गएको दिनदेखि सहकारीको पैसा एक रुपैया पनि नआएको उनको दाबी छ । ‘जुन दिन उहाँ (रवि लामिछाने) को त्यहाँ नियुक्ति भयो, नियुक्ति भएर बर्खास्ती नहुन्जेल पैसा नआउनु र त्यो समयमा म्यानेजिङ डाइरेक्टरको हैसियतले गरेको काम, त्यो भन्दा फरक छैन । कर्रोरेट भेलको प्रिन्सिपलमा पनि पुग्नुपर्दैन । त्यो अवधिमा सहकारीबाट पैसा आएको छैन,’– न्यौपानले भने ।



प्रतिक्रिया दिनुहोस्