Logo

६ दिनपछि फर्कियो शेयर बजारमा उत्साह, नेप्से ४९ अंकले बढ्दा कारोबार भने घट्यो



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार दुई कारोबार दिनमा करिब १२० अंक घटेर बुधबार ४९।१८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ ।

आज नेप्से परिसूचक १।९९ प्रतिशतले बढेर २५१९।५७ विन्दुमा बन्द भएको छ । तर, कारोबार रकममा भने कमी आएको छ । नेप्सेका अनुसार चार अर्ब ८१ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार पाँच अर्ब ६८ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । यस दिन २२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । सेयर मूल्य स्थिर हुनेमा नेरूडे मिर्मरे लघुवित्त, सर्वोत्तम सिमेन्ट र सिक्लेस हाइड्रोपावर कम्पनी छन् ।

पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमध्ये म्युचुअफ फन्डको परिसूचक ०।०१ प्रतिशतले घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३।८० प्रतिशतले बढेको छ ।



प्रतिक्रिया दिनुहोस्