Logo

टिकटकले दियो प्रधानमन्त्री ओलीलाई धन्यवाद



काठमाडौं । प्रतिवन्ध फकुवा गरेपछि टिकटकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा ०८० कार्तिक २७ गतेबाट नेपालमा प्रतिवन्ध लागेको टिकटक ओली प्रधानमन्त्री बनेपछि गत भदौ ६ गते खुलेको थियो ।

टिकटक साउथ एसियाका पब्लिक पोलिसी तथा गभर्मेन्ट रिलेसन हेड फेरडुइस मोक्ताकिनले एक नोट पठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको हो । मुख्यसचिव एकनारायण अर्यालमार्फत् टिकटक साउथ एसियाले प्रधानमन्त्री ओलीलाई धन्यवाद नोट पठाएको टिकटकले एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

टिकटकले अर्बौं मानिसहरूलाई स्वतन्त्रता अभिव्यक्त गर्न दिएको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै टिकटकले रचनात्मक अर्थतन्त्रको काम गर्ने पनि जनाइएको छ। टिकटकमाथिको प्रतिबन्ध खारेजले नेपाली नागरिकका लाथि आर्थिक अवसरहरू मात्र हाेइन, रचनात्मक अभिव्यक्तिको स्वतन्त्रतालाई पनि सुनिश्चित गरेको टिकटकले जनाएको छ। ग्राहकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै टिकटकले प्रधानमन्त्री ओलीलाई सम्बन्धित सरकारी निकायहरूसँग सक्रिय रूपमा सहकार्य गरिरहेको जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्