Logo

सिधा कुराविरुद्धको अदालतको अवहेलना मुद्दामा आज निर्णय सुनाइने



काठमाडौं । सिधाकुरा नामक अनलाइनविरुद्ध सर्वोच्च अदालतमा दायर अवहेलना मुद्दामा आज सर्वोच्चले निर्णय सुनाउँदैछ । अदालतको अवहेलना मुद्दामा ‘सिधा कुरा’ नामक अनलाइन र युट्युब च्यानलका प्रकाशक, कार्यकारी सम्पादक विरुद्धको मुद्दामा आज निसु आउने भएको हो । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले उक्त मुद्दामा सुनुवाइ गरी फैसला मिति तोकेको थियो ।

सर्वोच्च अदालतले सिधा कुरा अनलाइनका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालगायतविरुद्ध अदालतको अवहेलना मुद्दा ९ जना न्यायाधीशको बृहत् पूर्ण इजलास गठन भएको थियो । बृहत् पूर्ण इजलासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेशशर्मा पौडेल र बालकृष्ण ढकाल रहेका थिए ।

सिधा कुराुनामको अनलाइनले सर्वोच्च अदालतका न्यायाधीश, मिडिया सञ्चालक, कानुन व्यवसायीका सम्बन्धमा भ्रामक प्रचार सामग्री तयार पारी प्रसारण र प्रकाशन गरेको थियो । उक्त कार्यले अदालतको न्याय सम्पादनमा नै असर परेको भन्दै सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधा कुराविरुद्ध अदालतको अवहेलना मुद्दामा निवेदन दिएका थिए ।

सिधा कुराले तयार पारेको अडियो सामग्री भ्रमक र असत्य भएको प्रहरी अनुसन्धानबाट स्पष्ट भएको छ । प्रहरीले तयार पारेको प्रतिवेदनका आधारमा सिधा कुराका प्रकाशक र कार्यकारी सम्पादकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । कँडेल र ढुंगाना हाल फरार रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्