Logo

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ



काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ परेका छन्।दुबईबाट पक्राउ गरी बुधबार तीनै जनालाई काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

ठगी मुद्दा र बलात्कार मुद्दामा फरार रहेका प्रतिवादीहरू पक्राउ परेका हुन्। ठगी मुद्दामा फरार रहेका भूपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी पक्राउ परेका छन्।

त्यस्तै जबरजस्ती करणी मुद्दामा रोमन कार्कीलाई प्रहरीले पक्राउ गरी काठमाडौं फिर्ता ल्याएको हो।



प्रतिक्रिया दिनुहोस्