Logo

सहकारीबाट गोर्खा मिडियामा आएको पूरै रकम रवि लामिछानेले अपचलन गरेको होः सुन्दरमणि दीक्षित (भिडिओसहित)



काठमाडौं, १० असोज । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पूर्ण रुपमा दोषी रहेको दाबी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारीबाट गोर्खा मिडियामा आएको रकम पूरै लामिछानेले अपचलन गरेको कुरामा आशंका नै नरहेको बताएका हुन् ।

लामिछानेले निर्वाचन पनि सहकारी ठगीको पैसाबाटै लडेको उनको दाबी छ । उनले यतिधेरै संलग्नता भएको मान्छेले सहकारी ठगीमा हिमचिम छैन भनेर भन्न नमिल्ने बताए ।

‘त्यो पैसा पूरै अपचलन गरेको रवि लामिछानेले हो । यसमा कुनै डाउट नै छैन । मलाई संसदीय समितिले निर्दोष भन्यो भनियो ।’ उनले भने, ‘तर, लुटेको पैसामा लुट गर्यो । सायद निर्वाचन पनि त्यसैले लड्यो । अब त्यसमा मेरो हिमचिम छैन भन्न पाइन्छ ?’

सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोर्खा मिडियामा सहकारीको ६५ करोड रुपैयाँ गैर कानुनी रुपमा आएको निश्कर्ष निकालेको थियो । गोर्खा मिडियामा आएको उक्त रकम परिचालनमा रवि लामिछानेको संलग्नता रहेको भन्दै समितिले कारबाहीका लागि सिफारिस गरेको थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्