Logo

आशिकाले सुनाईन् आफूले गरेको सामाजिक कामको फेहरिस्त (भिडिओसहित)



काठमाडौं, १० असोज । ग्रिन एण्ड क्लिन आशिका फाउन्डेसनकी अध्यक्ष आशिका तामाङले विकृति, विसंगतिविरुद्ध आफूले गर्दै आएको कामको फेहरिस्त सार्वजनिक गरेकी छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूले सामाजिक अभियन्ताको रुपमा विगत केही वर्षदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको बताईन् ।

आशिका फाउन्डेशनको उक्त अभियानमा लाखौं मानिसहरुको प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहभागिता रहेको उनको दाबी छ । देशको राजधानीदेखि विभिन्न जिल्लाहरुमा आशिका फाउन्डेसनले विविध सामाजिक कार्य सञ्चालन गर्दै आएको उनले सुनाईन् ।

वतावरण संरक्षण, सम्बर्द्धन, जलवायु परिर्वतनलगायतका विषयमा जनचेतना जगाउन्, वृक्षारोपण, सरसफाई र डस्टविन राख्ने जस्ता मुख्य कार्य फाउन्डेशनले गरेको उनले बताईन् ।

साथै, समाजमा रहेका विकृति, विसंगती र व्यथितिको अन्त्य र शुसासनका लागि विभिन्न सरोकारवाला निकायसँग छलफल, अन्तरकृया तथा खबरदारी कार्य पनि गर्दै आइरहेको उनले सुनाईन् ।

फाउन्डेसनकी अध्यक्ष आशिकाका अनुसार विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड–१९ को बेला कोभिड उपचार अस्पतालको सञ्चालन, गरिब, असाहय, विपन्न मानिसहरुका लागि खाद्यान्न वितरण, ग्रामीण भेगका सामुदायिक विद्यालयका छात्र, छात्राहरुका लागि ब्याग, कापी, कलम र ड्रेस वितरणलगायतका कामहरु पनि संस्थाले गरेको छ ।

त्यस्तै, जटिल रोगबाट विरामी परेका मानिसहरुको उपचारमा आर्थिक सहयोग पनि गरिँदै आएको उनले बताएकी छन् । आफूहरुले सञ्चालन गर्दै आएको सामाजिक अभियान कसैसँगको प्रतिस्पर्धा नभई एक विशुद्ध सुधारको अभियान रहेको उनले बताईन् ।

आफूहरुको अभियान समग्र विकास, पर्यटनको विकास र प्रवर्द्धनको विरोधी नभई सहयात्रीको रुपमा रहेको पनि उनले प्रष्ट पारिन् ।



प्रतिक्रिया दिनुहोस्