Logo

दशैंको अवसरमा लोकन्थलीमा पूर्ण राई एण्ड दाजुभाइ, रक हेड र कुमा सागरको कन्सर्ट



काठमाडौं, १० असोज । बडादशैंको अवसर पारेर भक्तपुरको लोकन्थलीमा ट्राइम्फ इभेन्टले कन्सर्ट आयोजना गरेको छ । आगामी असोज १८ गते आयोजना गरिएको उक्त कन्सर्टमा कुमा सागर ख्वप, पूर्ण राई एण्ड दाजुभाइहरु, रक हेड र स्थानीय ब्यान्डको मनोरञ्जन प्राप्त गर्न सकिने छ ।

आयोजक संस्थाका अनुसार उक्त कन्सर्ट भक्तपुरमा पहिलो पटक हुन लागेको हो । तीन जना ख्यातिप्राप्त कलाकारको टिमबाट हुने उक्त कन्सर्टको मुख्य उद्देश्य मध्यपुर ठिमीलाई चिनाउनु र प्रचार प्रसार गर्नु रहेको छ ।

यसलाई पहिलो मध्यपुर म्युजिक फेस्टिभलको संज्ञा दिइएको छ । उक्त कन्सर्ट भक्तपुरमा अहिलेसम्म भएकोमध्ये सबैभन्दा ठूलो हुने पनि बताइएको छ । कन्सर्टमा सहभागी हुन साधारणतर्फ सात सय र विशिष्टतर्फ एक हजार रुपैयाँ टिकट राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्