
काठमाडौं, १० असोज । गुल्मी कलाकार समाज काठमाडौंले रामचन्द्र चन्द विषेश साङ्गितिक तथा विजया दशमी शुभकामना साँझ आयोजना गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार पत्रकार सम्मेलन गरी आगामी असोज १४ गते कार्यक्रम हुन गइरहेको जानकारी गराइएको हो ।

गुल्मी कलाकार समाजकी अध्यक्ष मञ्जु पौडेलले आगामी असोज १४ गते राष्ट्रिय नाँच घरमा कार्यक्रम आयोजना गरिएको बताईन् । साथै, कलाकार रामचन्द्र चन्दको स्वास्थ्योपचारको लागि आवश्यक रकम संकलनका लागि उक्त कार्यक्रम आयोजना गरेको उनले बताईन् । कलाकार चन्द कोभिड संक्रमण कालदेखि आस्वस्थ रहेको बताइएको छ ।

‘एउटा कलाकारलाई दुःख पर्दा हामी सबैले सहयोग गर्नुपर्छ भन्ने मनोभाव जाग्यो र हामीले आफ्नो तर्फबाट यो प्रक्रिया अगाडि बढाएका छौं,’– उनले भनिन् ।
