Logo

काभ्रेको केराघारीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौं । काभ्रेमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । आज दिउँसो काभ्रेको धुलिखेल नगरपालिकाको ३७ किलोस्थित केराघारीमा ट्रक दुर्घटना भएको थियो ।

धुलिखेलबाट पाँचखातर्फ गइरहेको बा ५ ख १२८१ को ट्रक आफैँ अनियन्त्रित भएर अरनीको राजमार्गमा पर्ने ३७ किलो भन्ने ठाउँमा बिहीबार दुर्घटना भएको थियो।

उक्त ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका चालक सिन्धुलीको मरिण गाउँपालिका–१का २८ वर्षीय रमेश ठाडाको उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। अस्पतालमा दिउँसो सवा ३ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्