Logo

घुससहित पक्राउ परेका बुद्धशान्तिका वडा अध्यक्ष ओली निलम्बित



काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् । मंगलबार सेवाग्राहीसँग ८० हजार घुस लिँदा लिँदै ओली पक्राउ परेका थिए । ०७९ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत काठमाडौंबाट म्याद थप भई आएको र थुनामा रहेका ओलीलाई थप अनुसन्धान भइरहेको आयोगका अनुसन्धान अधिकृत ज्ञानमञ्जरी शर्माद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

सार्वजनिक पद धारण गरेका व्यक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वत: निलम्बनमा रहने कानूनी प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस्