Logo

युवा विद्यार्थीसँग प्रचण्डको गुनासोः अरुले सय रुपैयाँको ब्याज अहिलेसम्म खाइरहे, हामीले क्रान्तिलाई मार्केटिङ गर्न सकेनौं



काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नेतृत्वमा सरकार बन्दा हरेक पटक नयाँ रेकर्ड बनाएको बताएका छन् । आज (बिहीबार) पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले माओवादीको नेतृत्वमा पहिलो पटक सरकार बन्दा भौतिक पूर्वाधारको क्षेत्रमा क्रान्ति भएको, दोस्रो पटकमा सरकारको नेतृत्व गर्दा गरिब किसाहरुको ऋण मिनाह गरेको र लोडसेडिङको आतङ्कबाट देशलाई मुक्त गराएको उनले बताए ।

त्यस्तै तेस्रो पटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारको विरुद्धमा जेहाद छेडेको उनले बताए । माओवादीले गरेको कामको मार्केटिङ हुन नसकेको उनले गुनासो पोखे । नेकपा (एमाले) लक्षित गर्दै उनले भने, ‘अरुले उहिलेको सय रुपैयाँको ब्याज अहिलेसम्म खाइरहेका छन् । हामीले यति ठूलो क्रान्तिलाई पनि मार्केटिङ गर्न सकेनौं । यसलाई लगातार मार्केटिङ गरिराख्नुपर्छ । नयाँ युगको सुरुवात माओवादीले गरेको हो ।’ Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्