Logo

दीनमणि,बाबुराम र भीमार्जुनदेखि खम्मबहादुर खातीसम्म यी १५९ जनाले पाए वरिष्ठ अधिवक्ताको उपाधि (सूचीसहित)



काठमाडौं । १५९ जना अधिवक्ताहरुले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । बिहीबार सर्वोच्च अदालतले जारी गरेको सूचनामा १५९ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिइने निर्णय भएको छ । जसमा ४ जना महिला र अन्य बाँकी पुरुष रहेका छन् ।

सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट) ले १ सय ५९ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो। यो निर्णय गर्नुअघि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। समितिले एक वर्षभन्दा बढी समय लगाएर सूची तयार पारेको थियो। उक्त सूचीमाथि फुलकोर्टमा विभिन्न चरणमा छलफल भएको थियो।

बिहीबार फुलकोर्टले गरेको निर्णयअनुसार, वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा खम्मबहादुर खाती र डा दिनमणि पोरखेल पनि परेका छन्। यी दुवैजना नेपाल सरकारका महान्यायाधिवक्ता भइसकेका हुन्। खाती कांग्रेस सभापति शेरबहादुर देउवा र पोखरेल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छँदा महान्यायाधिवक्ता भएका थिए।

यसपालि वरिष्ठ अधिवक्ताको उपाधि पाउने ज्योति बानियाँ नेपालमा उपभोक्ता अधिकार र उपभोक्ता कानुनमा विशेष योगदान दिएका कानुन व्यवसायी हुन्। यस्तै नेपालका प्रथम राष्ट्रपति रामवरण यावदका कानुनी सल्लाहकार भएर काम गरेका ललित बस्नेतले पनि वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन्।

विष्णुमाया भुसाल नेपाल ल क्याम्पसमा प्राध्यापनरत छिन्। यस्तै केपी शर्मा ओलीको यसअघिको कार्यकालमा प्रधानमन्त्रीको कानुनी सल्लाहकार भएका बाबुराम दाहालले पनि यसपालि वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका छन्।

नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ मा कुनै अधिवक्ताले कम्तीमा १५ वर्ष सर्वोच्च अदालत वा पुनरावेदन तहको अदालतमा कानून व्यवसाय गरी पेशाको उच्च मर्यादा राखी अदालत र समाजलाई सहयोग गरेको छ भन्ने सर्वोच्च अदालतलाई लागेमा त्यस्तो अधिवक्तालाई सर्वोच्च अदालतले सम्मान स्वरूप वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने व्यवस्था छ र त्यस्तो वरिष्ठ अधिवक्ताले तोकिए बमोजिमको आचरण पालना गर्नुपर्नेछ ।

यी हुन वरिष्ठ अधिवक्ताको उपाधि पाउने १५९ जना



प्रतिक्रिया दिनुहोस्