Logo

हामी समाजवादी मोर्चामा छैनौं, प्रचण्डसँग कुनै सहकार्य पनि हुँदैनः प्रवक्ता मनिष सुमन (भिडिओहित)



काठमाडौं, ११ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले आफूहरु समाजवादी मोर्चामा नरहेको स्पष्ट पारेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले समाजवादी मोर्चाको औचित्य नै समाप्त भइसकेको बताए । समाजवादी मोर्चा प्रचण्ड नेतृत्वको तत्कालीन सरकारलाई संरक्षण गर्नेमा मात्रै सीमित भएको उनको टिप्पणी छ । पछिल्लो समय समाजवादी मोर्चाको बैठकमा जसपा नेपाललाई बोलाउँदा ‘यो मोर्चाको औचित्य सकियो, हामी यो मोर्चामा छैनौं’ भनेर जवाफ पठाएको उनले बताए ।

‘समाजवादी मोर्चाको त कुनै औचित्य नै रहेन । समाजवादी मोर्चा सरकार गठन गर्ने एउटा सिँढीमात्रै थियो । जे उद्देश्यले समाजवादी मोर्चा गठन भएको थियो, समाजवादी मोर्चाको उद्देश्य मलाई थाहा भएसम्म सबै पार्टीले पृथक–पृथकरुपमा मुलुक समाजवादी हुनुपर्छ, मुलुकको अर्थतन्त्र समाजवादी हुनुपर्छ ।’ उनले भने, ‘हाम्रो जीवन शैलीहरु विलासी भए । तसर्थ समाजवादी समाजको परिकल्पनाको साथ हामीले समाजवादी मोर्चा गठन गरेको थियौं ।’

वर्तमान सरकारले पनि सोचेअनुरुप काम गर्न नसकेको उनको टिप्पणी छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा गुरुङलाई स्वार्थ राखेर हटाउन खोजेको उनले टिप्पणी गरे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्