Logo

सहकारी ठगी प्रकरण: छविवाल जोशी थप ७ दिन हिरासतमै रहने



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व निर्देशक तथा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी थप सात दिन हिरासतमा रहने भएका छन् । जोशीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

६ असोजमा काठमाडौं शंखमुलमा पक्राउ परेका जोशीलाई सोही दिन पोखरा ल्याइएको थियो । ७ गते अदालतमा उपस्थित गराइएका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको थियो ।

विभिन्न ५ सहकारीबाट  गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिले समेत कारबाही गर्न सिफारिस गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्