Logo

सुनकोशीमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल बगायो



काठमाडौं, १२ असोज । अविरल वर्षाका कारण सुनकोशीमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएको छ । बाढीले पक्की पुल नजिकै रहेको झोलुङ्गे पुलसमेत बगाएको छ ।

सो पुल गत २०७१ सालमा निर्माण सम्पन्न भएर सुचारु भएको थियो । उक्त पुलका कारण रामेछाप, दोलखाका केही भूभाग र ओखलढुङ्गा आवत–जावत गर्ने यात्रुहरुलाई सहज बनेको थियो ।

अविरल वर्षका कारण रामेछापको मन्थली विमानस्थलमा पनि तामाकोशी नदी पसेको छ । नदी छोउछाउका बस्तीअरु जोखिममा रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्