Logo

माओवादीसँग पार्टी एकता गर्न माधव तयार, तर प्रचण्डसँग राखे तीन शर्त (भिडिओसहित)



काठमाडौं, १२ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि तीन प्रस्ताव अगाडि सारेका छन् । एकताका लागि माओवादीले मार्गदर्शक सिद्धान्तबाट माओवाद हटाउनुपर्ने, माओवादी केन्द्रको नाम फेर्नुपर्ने र निर्वाचन चिन्ह पनि परिवर्तन गर्नुपर्ने उनको प्रस्ताव छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले पहिले मोर्चा र सहकार्यलाई पहिलो स्थान दिने, जिल्ला–जिल्ला र प्रदेशमा पनि राम्रो वातावरण बनाउने र एकताको लागि छलफल सुरु गर्ने सहमति गरेको पनि उनले बताए ।

‘हामीले तीन वटा कुरालाई ध्यानमा राखेका छौं । पहिलो माओवादलाई मार्गदर्शक सिद्धान्तबाट हटाउनुपर्छ । दोस्रो पार्टीको नाम माओवादी केन्द्र भनिएको छ, माओवादी नामबाट पनि हटाउनुपर्छ । तेस्रो निर्वाचन चिन्ह पनि बदलिनुपर्छ । हामी नेपाली विशेषताको समाजवादको पक्षमा छौं,’– अध्यक्ष नेपालले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्