Logo

कार्यवाहक प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक



काठमाडौं, १२ असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन् । अविरल वर्षापछि देशभर सिर्जित भइरहेको विपदजन्य परिस्थितिबारे उनले मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको बताइएको छ । यसअघि केन्द्रीय सुरक्षा समितिको बैठक पनि बसेको थियो ।

गत बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण देशभरमा विभिन्न विपदजन्य घटनाहरु घटिरहेका छन् । वर्षाका कारण अहिलेसम्म देशभर ५० जनाभन्दा बढीको मृत्यू भइसहेको छ ।



प्रतिक्रिया दिनुहोस्