Logo

काठमाडौं महानगरको टोली ४ वटा बोटको सहायतामा बाढीमा फसेकाहरुको उद्धार कार्य जारी



काठमाडौं, १२ असोज । बिहीबार बेलुकादेखि निरन्तर वर्षका कारण काठमाडौँको जनजीवन कष्टकर बनेको छ । अहिले काठमाडौं महानगर प्रहरीको टोलीले ४ वटा बोटको माध्यमबाट बाढीका कारण अलपत्र परेका मानिसहरूको उद्धार कार्य जारी राखेको छ । ललितपुरको बालकुमारी हाउजिङ र कर्म नासा खोलामा अलपत्र परका मानिसको उद्धार कार्य सफल भएको छ । यस्तै, कालीमाटी पुल नजिकैको वस्ति बाट १७ जनाको उद्धार गरिएको छ ।

बल्खु, संखमुल, कुलेश्वर आसपासमा अलपत्र परेका मानिसहरूलाई उद्धार गर्ने कार्य जारी रहेको महानगरले जनाएको छ । स्वयम्भूमा रुख ढलेर अवरुद्ध भएको बाटोको अवरोध हटाइएको छ ।

यस्तै, सिफल भण्डारेश्वर नजिकै गएको पहिरोका कारण समस्यामा परेका मानिसलाई उद्धार भएको छ । साथै पहिरो रोकथामका लागि ३ वटा त्रिपालले पानीलाई अन्यत्र नै पक्याईएको छ ।

यस्ता, विपदमा आफू र परिवारलाई बचाउनु तथा आपतमा परेकालाई जोगाउन महानगरले अपिल गरेको छ । आवश्यक सतर्कता अपनाउन र विपद सामना गर्न पूर्व तयारी गर्न महानगरको आग्रह रहेको छ ।

जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए महानगरपालिकाका हटलाइन्हरु १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गर्न पनि भनिएको छ । आपतकालीन अवस्थाहरूमा अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स प्रयोग गर्न १०२ मा फोन गर्न पनि महानगरले भनेको छ ।



प्रतिक्रिया दिनुहोस्