Logo

हाल सञ्चालनमा रहेका सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय



काठमाडौं, १२ असोज । सरकारले हाल सञ्चालनमा रहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आपत्कालीन समन्वयात्मक बैठकले उक्त निर्णय गरेको हो ।

विपद्मा परेका नागरिकलाई उद्धार र राहतमा ध्यान दिनुपर्ने भएकाले सबै परीक्षाहरु स्थगित गरिएको बताइएको छ । मन्त्री गुरुङका अनुसार विपद्मा परेर घाइतेहरू भएकाहरूलाई सरकारले निःशुल्क उपचार गर्ने भएको छ ।

त्यस्तै, विपद्मा परी निधन भएकाहरूलाई दिनुपर्ने राहत रकम नियमअनुसार प्रदान गरिने मन्त्री गुरुङले बताए ।



प्रतिक्रिया दिनुहोस्