Logo

झ्याप्लेखोलामा पुरिएको माइक्रोबस चितवनबाट आएको पुष्टि, बिहानदेखि निकालियो १५ जनाको शव



काठमाडौं । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएको माइक्रोबस चितवनबाट काठमाडौं आउँदै गरेको पुष्टि भएको छ । सशस्त्र प्रहरीका अनुसार उक्त हायस चितवनबाट आउँदै गरेको बा ३ ज १३४५ नम्बरको हायस रहेको खुलेको छ।

सो हाइसबाट १० जनाको शव निकालिएको छ । सशस्त्र प्रहरीका अनुासर आइतबार ८ पुरुष र २ महिला गरी १० जनाको शव निकालिएको हो । सम्रगमा उक्त पहिरोमा परेका बसबाट बिहानदेखि हालसम्म् १५ वटा शव फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोमा बस र माइक्रोबसहरु पुरिएको बताइएको छ भने अझै पनि उद्दार कार्य जारी रहेको छ । आज बिहानमात्र पुरिएको बसबाट तीन जनाको शव निकालिएको थियो। उक्त बस गोरखाबाट काठमाडौं जाँदै गरेको बस रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्