Logo

बागमती प्रदेश सरकारले विपदमा प्रभावकारी काम गर्न सकेनः मन्त्री काफ्ले (भिडिओसहित)



काठमाडौं, १३ असोज ।, बागमती प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्लेले बाढी, पहिरोलगायतका विपद्मा प्रदेश सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विपद्को समयमा प्रदेश सरकार हेरेर नबसेपनि प्रभावकारी काम भने गर्न नसकेको बताएका हुन् ।

‘हामी मन्त्रीहरु नै सडकमा थियौं । यो विपद्को कारणले हामीले जुन हिसाबले सञ्चालन गर्नुपर्ने हो, प्राकृतिक विपद्को कारणले नसकिएको हो । बागमती प्रदेश सरकार हेरेर बसेको छैन । सुरुदेखि नै बाढी पहिरो गएको ठाउँमा, पुरिएको ठाउँमा बागमती सरकार अनुभूति गर्ने गरी अगाडि बढेको छ । तर, प्रभावकारी ढंगले काम गर्न सकिएन,’– उनले भने ।

प्रदेश सरकारको तर्फबाट आफूहरुले रात दिन नभनी काम गरिरहेको बताउँदै उनले जुन स्पिरिटमा अगाडि बढ्नुपर्ने हो, त्यो चाहीँ हुन नसकेको स्वीकार गरे । उनले स्रोत, साधन र भूगोलका कारणले पनि उद्धारमा ढिलाइ हुन गएको बताए ।



प्रतिक्रिया दिनुहोस्