Logo

अमेरिकाबाट निजी हवाई सेवा प्रदायकलाई प्रधानमन्त्रीको निर्देशन: विपदमा हातेमालो गर्नु,भाडा महँगो नलिनू



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को समयमा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा उनी हाल अमेरिकाको न्युयोर्कमा छन् ।

उनले आइतबार सामाजिक सञ्जालमा हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सुनिएको उल्लेख गरेका छन् । सहुलियत मूल्यमा भाडा लिन पनि आग्रह गरेका छन् ।

“लगातारको वर्षा र बाढीपहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ । हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ । हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ,” उनले फेसबुकमा लेखेका छन्, “नेपाल सरकार, पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको छ । हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्