Logo

नख्खु बाढीमा दुई जनाको ज्यान बचाउने चणिकलाललाई सुदन किराँतीले गरे सम्मान



काठमाडौं । शनिबार नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको ज्यान बचाउने चणिकलाल तामाङ सम्मानीत भएका छन् ।

तामाङलाई पूर्व संस्कृति पर्यटनमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता सदन किरातीले डम्फु दिएर सम्मानित गरेका हुन् । सम्मानित गरेपछि किरातीले तामाङलाई ‘सामाजिक नायक’ संज्ञा दिँदै भने, “उहाँभित्रको मानवीयताको उच्च सम्मान र बहादुरिताको कदर गर्दै सम्मान गरिएको हो ।”

किरातीले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले सरकारलाई उद्धार ,राहत र पुनर्स्थापनाको काममा तीव्रता दिन पनि आग्रह गरेका छन् । गत शुक्रबारदेखि दुई दिनसम्म लगातार भएको वर्षाका कारण नख्खु खोलामा आएको बाढीमा बगेकामध्ये दुईजनाको उद्धार तामाङले गरेका थिए ।

उनलाई सम्मान गरेपछि किराँतीले लेखेका छन् ‘हिजो नख्खु खोलाको विशाल बाढीमा आफ्नो ज्यानको बाजी राखेर दुई नागरिकको ज्यान बचाउने सामाजिक “नायक” चणिकलाल तामाङ्गलाई उहाँ भित्रको मानवीयताको उच्च सम्मान र बहादुरियताको कदर एक कार्यक्रम मार्फत गरियो । सबै ज्यान गुमाउने महानुभावप्रति हार्दिक श्रद्धाञ्जली र बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार ,राहत र पुर्न:स्थापनाको लागी सरकारको गम्भिर ध्यानकार्षण पनि गर्दछु ’।



प्रतिक्रिया दिनुहोस्