Logo

सरकारविरुद्ध रास्वपाको आक्रोश: दुई दिनको पानीले दुई तिहाइ सरकारको औकात देखाइदियो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार विपद्को घडीमा चुकेको निष्कर्ष निकालेको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले दुई दिन आएको विपत्तीले दुई तिहाइ सरकारको औकात देखाईदिएको बताए ।

‘गठबन्धनले संवेदनशीलता देखाएन । हामीले यो सरकारको असक्षमता र अकर्मण्यता देख्यौं । मोबाइलको रिङ टोन बजाउँदैमा राज्यसंयन्त्रको जिम्मेवारी पूरा हुँदैन । जोखिम हुनेछ भन्ने आँकलन पहिल्यै थियो । तर, राजनीतिक टिप्पणी गर्नुपर्दा दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखायो’ उनले भने ।

उनले असोज १७ रास्वपा सरकारमा हुँदा बाढीको जोखिम रहेको छ भनेर तयारी गरेको भएपनि अहिले नयाँ गठबन्धन बनेर बनेको सरकारले विपद् व्यवस्थापनमा अर्कमण्डयता देखाएको बताए । ‘मान्छे मरेपछि रिङटोन बजाउँदैमा सरकार सफल भएन । काम भएन‘‚उनले भने । उनले दुई दिनको वर्षाले दुई तिहाइको सरकारको औकात देखाइदिएको पनि बताए ।

शुक्रबारदेखि लगातार परिहरेको पानीका कारण आएको बाढी र पहिरोका कारण हालसम्म १५० जनाले ज्यान गुमाएका छन् भने ६४ जना अझै वेपत्ता छन् । १०१ जना घाइते हुँदा करिब ४ हजारको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्