Logo

कांग्रेस-एमालेले संविधान संशोधनमार्फत भएको अधिकार पनि कटौति गर्ने खतरा छः विप्लव



काठमाडौं, १३ असोज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कांग्रेस–एमालेले संविधान संशोधनमार्फत भएको अधिकार पनि कटौति गर्नसक्ने खतरा रहेको बताएका छन् । आज (आइतबार) राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनको आवश्यकक्ता भएपनि कांग्रेस–एमालेले प्रतिगमनतिर जानसक्ने खतरा रहेको बताएका हुन् ।

नेता विप्लवले कांग्रेस–एमालेले संविधान संशोधनको एजेण्डा अगाडि ल्याएपनि के कुरामा संशोधन गर्ने भन्ने प्रष्टता नरहेको बताए । केही दलहरुको स्वार्थपूर्तिका लागि अधिकार कटौति हुनसक्ने उनले बताए ।

‘संविधान संशोधनको कुरा जायज छ । तर, संशोधन के कुरामा गर्ने हो भन्ने प्रष्ट छैन । कांग्रेस–एमालेले अहिले भएको अधिकार पनि काट्ने हुन् कि भन्ने आशंका छ,’– नेता विप्लवले भने ।

अहिले सहर बजारमा दलाल, पुँजीपति वर्ग र गाउँघरमा आवारा वर्गहरुको हालिमुहाली रहेको उनले बताए । यस्तो सबै कुरा थाहा हुँदाहुँदै पनि राज्यलाई उनीहरुले छुट दिइरहेको विप्लवको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्