Logo

विपद्को बेला एयरलाइन्सहरुले भाडा दोब्बर बनाएर कालाबजारी गरेको राप्रपाको आरोप, कारबाही गर्न माग



काठमाडौं, १३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले एयरलाइन्स कम्पनीहरुले विपद्को बेला भाडा दर बढाएर कालोबजारी गरेको आरोप लगाएका छन् । आज (आइतबार) कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकमा सहभागी भइर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता शाहीले यसभन्दा अगाडि ५÷६ हजारको हाराहारीमा रहेको प्लेन भाडा अहिले बढाएर १२ देखि १४ हजारसम्म बनाइएको बताएका हुन् ।

‘सुर्खेतको भाडा दर श्री एयरलाईन्सको कम्तिमा १२ हजार बढीमा १४ हजार छ । विपद्को बेला लुट्ने परम्परा भएको छ । यहाँभन्दा अघि हामी ५/६ हजारमा उड्थ्यौं, भद्रपुरको भाडा १२ हजार भनिएको छ । धनगढीको भाडा १७ हजारसम्म गरिएको छ । विपद्को बेला भाडा दर कम नगरे पनि उनीहरुको योभन्दा अगाडि जुन रेट थियो, त्यो रेटमा भाडा लिनुपर्ने बेला विपदको बेला मान्छेलाई अप्ठ्यारो पार्ने, जसरी पनि पैसा कमाउने माध्यम बनेको छ । कारबाही गर भनेर हामीले सरकारलाई भनेका छौं,’– उनले भने ।

साथै, आफूहरुले विभागीय मन्त्रीलाई तत्काल बैठक राखेर भाडा दर बढाउने एयरलाइन्सलाई कारबाही गर्न सुझाव दिएको पनि उनले बताए । मन्त्री बद्री प्रसाद पाण्डेले यसबारेमा तत्काल बैठक राखेर निर्णय लिने प्रतिवद्धता व्यक्त गरेको पनि उनले सुनाए ।

साथै, काठमाडौं उपत्यकामा सामान्य बाढी आउँदाखेरी पनि मान्छेको ज्यान जानु राज्यको गम्भीर लाहप्रवाही रहेको उनले बताए । राप्रपाको तर्फबाट आज कार्यवहाक प्रधानमन्त्री र गृहमन्त्रीलाई विज्ञप्ति बुझाइएको पनि उनले जानकारी गराए ।

सरकारले दुई दिनअघि रात्रिकालीन बसहरु नचल्ने निर्णय रेको भएपनि त्यो कार्यान्वयन हुन नसक्दा धादिङको झ्याप्ले खोलामा बस पहिरोमा परी धेरै यात्रुहरुले ज्यान गुमाउनुपरेको उनले बताए । उक्त निर्णय कार्यान्वयन गर्ने अधिकारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ । File Photo



प्रतिक्रिया दिनुहोस्