Logo

मुटु रोग सचेतनाका लागि नेपाल मेडिसिटी बयोधा अस्पतालद्वारा वीरगञ्जमा फ्यास मबको आयोजना



काठमाडौं, १३ असोज । विश्व मुटु दिवस (२९ सेप्टेम्बर) को उपलक्ष्यमा वीरगंजका विभिन्न स्थानमा नेपाल मेडिसिटी बयोधा अस्पतालका स्वास्थ्यकर्मीहरुले फ्यास मब सहित सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

अस्पतालका स्वास्थ्यकर्मीहरुले सांगितीक कार्यक्रम सहित मुटुरोगबाट कसरी बच्ने र यसको लागि क्रियाशील जीवनयापनमा जोड दिदै मुटु रोग लाग्न नदिन के गर्ने भन्ने जानकारी दिन आफूहरुले वीरगञ्जको गहवा माईस्थान, भाटभटेनी सुपरमार्केट, जिल्ला प्रहरी कार्यालयलगायतका स्थानहरुमा कार्यक्रमगरेको संयोजक स्वेच्छा विमलीले बताईन् ।

विश्वमा लाखौं मानिसहरु दैनिकजसो मुटु रोगबाट आक्रान्त भईरहेको र त्यसैअनुसार हृदयघात, मधुमेह, उच्च रक्तचाप लगायतका रोगहरुका विरामीहरु समेत बढिरहेकोले आफूहरुले विरामीहरुको उपचार संगसंगै जागरण कार्यक्रमहरु पनि गरिरहेको नेपाल मेडिसिटी अस्पतालका ईन्टनल मेडिसिन विभागका प्रमुख डा.अभिशेक सिंहले बताए ।

वीरगञ्जको गहवा माईस्थान र भाटभटेनी सुपर मार्केटमा ठूलो संख्यामा स्थानीय जनताहरुको उपस्थितमा आयोजना गरिएको कार्यक्रममा नेपाल मेडिसिटी बयोधा अस्पतालका फिजिसियन डा.मनबोध शाहले मुटुरोगको लागि दैनिकरुपमा हामी सबैले काम गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्