Logo

बाढी प्रभावित धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानिए



काठमाडौँ । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा तानेको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीले बताए ।

मन्त्रालयले धादिङमा पाण्डेको ठाउँमा सुमन घिमिरे र काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई पठाएको छ । प्रवक्ता तिवारीले दुवै प्रमुख जिल्ला अधिकारीको नियमित सरुवा भएको दाबी गरेका छन् । असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे र धादिङमा पनि जनधनको क्षति भएको थियो ।

मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयको निष्कर्ष छ ।

नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म नौबिसे-नागढुंगा सडक खण्डको झ्याप्ले खोलानेर पहिरोले सवारी साधनसहित पुर्दा ३५ जनाको मृत्यु भइसकेको छ । काभ्रेमा ५० जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ ।



प्रतिक्रिया दिनुहोस्