Logo

प्रधानमन्त्री ओली स्वदेश फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने तयारी



काठमाडौं, १४ असोज । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल आईपुग्दैछन्। आइतबार साँझ उनी संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका लागि प्रस्थान गरेका थिए ।

कतारबाट आज उनी आज अपराह्न ४ बजे काठमाडौं आइपुग्ने बताइएको छ । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते न्युयोर्क प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओली स्वदेश फर्केलगत्तै प्राकृतिक प्रकोपबाट उत्पन्न विपत्तिको समाना गर्न रणनीति बनाउन मन्त्रिपरिषद्को बैठक आह्वान गरिएको छ । विगत दुई दिनसम्मको अविरल वर्षका कारण उत्पन्न प्राकृतिक विपत्तिमा ज्यान गुमाएका परिवार, घाइते र विस्थापितहरुलाई राहत तथा पुनर्स्थापनाको विषयमा छलफल गर्न बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्