Logo

विपद प्रभावित क्षेत्रमा खोज, उद्धार कार्यहरूलाई निरन्तरता दिँदै एकद्वार प्रणालीबाट राहत वितरण सुरु गरिने



काठमाडौं, १४ असोज । सरकारले विगत तीन दिनको भारी वर्षातका कारण सिर्जित विपद प्रभावित क्षेत्रमा खोज, उद्धारका बाँकी कार्यहरूलाई निरन्तरता दिँदै मौमसजन्य विपद प्रभावितहरूका लागि राहत वितरणको प्रकृया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै, विपद्मा मृत्यू भएका व्यक्तिका परिवारलाई विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम बेपत्ता भएका व्यक्तिका परिवारलाई गत असार ३१ गते मन्त्रिपरिषदको निर्णय नं. (ख) बमोजिम राहत रकम उपलब्ध गराउने निर्णय पनि भएको छ ।

त्यस्तै, खोज, उद्धार, राहत कार्यलाई तीव्रता दिने, अस्थायी आवास निर्माण अनुदान उपलब्ध गराउने, सडक मर्मत गरी आवागमन सुचारु गर्ने, मानवीय सहायता परिचालनलगायतका निर्णयहरु भएका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्