Logo

विपद्को बेला सरकारले केही गर्न सकेन भनेर प्रतिपक्षले गलत भाष्य निर्माण गर्योः मन्त्री खड्का (भिडिओसहित)



काठमाडौं, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले विपद्पछिको उद्दार र खोजी कार्यमा सरकार पूर्ण रुपमा लागि रहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले काम गर्दागर्दैै पनि प्रतिपक्षले सरकारले केही गर्न सकेन भन्ने भाष्य निर्माण गर्न खोजेको बताए । उनले विपद्को बेला एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउने भन्दा पनि मिलेर काम गर्नुपर्ने धारणा राखे ।

‘सरकार नभएको भए गरेको चाहीँ कसले हो ? प्रतिपक्षले गरेको हो ? हेलिकोप्टर उद्दार कसले गरेको ? आर्मी, पुलिस कसका खटिएका ? अनि यो भाष्य के हो क्या ?’ उनले भने, ‘स्थानीय तहदेखि लिएर सबै खटिइरहेका छन् । सबै परिचालित छन् तीनै तहका सरकारहरु ? आर्मी, पुलिस, स्थानीय तहका निर्वाचित व्यक्तिहरु सबै हिलाम्य भएर, नसुतेर रातभरी काम गरेको देख्नुभएन । त्यो सरकारले गरेको होईन ? त्यो प्रतिपक्षले गरेको हो ?’

रातिको समय विपद्जन्य घटना भएको, आवश्यक स्रोत साधन नभएकोलगायतका कुरा स्वीकार गर्दै उनले सरकारले केही गरेन भन्ने कुरा सत्य नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्