Logo

बाढी पीडितलाई १५ दिनको तलव दिने निर्णय गरेको कांग्रेसले डाक्यो संसदीय दलको बैठक



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजेका लागि संसदीय दलको बैठक डाकिएको हो । बैठक संसद भवन स्थित ल्होत्से हलमा बस्नेछ ।

बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने बुझिएको छ ।

शुक्रबारदेखि लगातार २ दिनसम्म परेको पानी र गएको पहिरोका कारण देशभर अस्थप्यस्त बनेको छ । झण्डै २०० जनाले ज्यान गुमाएका छन् । कांग्रेसले बाढीपीडितको लागि सरकारले निर्माण गरेको कोषमा ५० लाख जम्मा गर्ने र सांसदले १५ दिनको तलव दिने निर्णय आइतबार बसेको केन्द्रीय कार्यसम्पाद समितिमार्फत गराएको थियो । भोलि बस्ने संसदीय दलले सो निर्णय अनुमोदन गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्