Logo

दशैंका लागि साट्ने हैन त सुकिला नोट ? (तस्विरहरु)



काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंको लागि आइतबारदेखि सुकिला नोट वितरण गर्न थालेको छ। हरेक वर्ष दशैँका लागि नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोट मात्र दिने भएको हो।

आइतबारदेखि सर्वसाधारणले नेपाल राष्ट्र बैंकको कार्यालय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट सुकिला नोट साट्न सक्नेछन् । दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ।

दशैँ–तिहारका लागि ५, १० २०, ५० र १०० दरका नयाँ नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक सुकिला नोट सटहीको सुविधा दिनेछ।

तस्विरहरु सबै: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्