Logo

सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश राउतको सुनुवाइ असोज १६ मा हुने, भोलि उजुरीकर्तासँग छलफल गर्ने



काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतको सुनुवाइ असोज १६ गते गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिले भोलि उजुरीकर्तासँग छलफल गर्ने जनाएको छ । राउतउपर ६ वटा उजुरी परेको छ ।

संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी असोज २० गतेबाट उमेदहदका कारण अवकासमा जाने भएपछि वरिष्ठतम् न्यायाधीश रहेका राउतको नाम भावि प्रधानन्यायाधीशको लागि सिफारिसमा परेको थियो ।



प्रतिक्रिया दिनुहोस्