Logo

अखिल क्रान्तिकारीको महाधिवेशनमा रमिता, कुर्सी हानाहानमा उत्रिए पूर्व मुख्यमन्त्रीका छोरा



काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा कुर्सी हानाहान भएको छ । उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा विवाद हुँदा नेताहरु कुर्सी हानाहानमा उत्रिएका हुन् ।

अधिकांश अध्यक्षका दावेदार नेताहरु उमेर हद लगाउन नहुने पक्षमा छन्। भने केही युवा नेताहरु ३२ वर्षे उमेरहद लगाउने पर्ने पक्षमा छन् । उमेर हद लागेका यस महाधिवेशनमा अध्यक्षका आकांक्षी रहेका २० जनानै उम्मेदवार बन्न पाउने छैनन् ।

उमेर हदको बारेमा विवाद हुँदा कुर्सी हानाहान गर्ने समूहको नेतृत्व भने विद्यार्थी नेता तुकमान महराले गरेका छन् । महरा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन् ।

तोडफोडमा उत्रने महरा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वस्वकीय सचिव जोखबहादुर महराका छोरा हुन् । जोखबहादुर लुम्बिनीका पूर्वमुख्यमन्त्री पनि हुन् ।

१० असोजदेखि जारी २३ राष्ट्रिय सम्मेलनमा उमेर हदका पक्ष/विपक्षमा प्रतिनिधि देखिएका थिए । उमेर हद राख्नुपर्ने धारणाहरू प्रतिनिधिहरुबाट आएपछि मतदानबाट टुंगो लगाउने तयारी गरिएको थियो । त्यसको विरुद्धमा महरा पक्षका प्रतिनिधिहरु देखिएका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थी संगठनमा उमेरहद कायम गर्नुपर्ने भन्दै निर्वाचनबाट त्यसको टुंगो लगाउन निर्देशन दिएपछि क्रान्तिकारीले उमेर हदको तयारी गरेको थियो।



प्रतिक्रिया दिनुहोस्